रसुवागढी जलविद्युत् केन्द्रमा फसेका चार कर्मचारीको सकुशल उद्धार

डिसी नेपाल
१२ भदौ २०८३ १५:१४

काठमाडौं । अविरल वर्षा र प्रतिकूल मौसमका बीच रसुवागढी जलविद्युत् केन्द्रभित्र फसेका चार जना कर्मचारीको सकुशल उद्धार गरिएको छ।

उद्धार गरिएका कर्मचारीहरूमा भक्तबहादुर माझी, बलबहादुर माझी, राजन विक र सुनिल माझी रहेका छन्। प्रतिकूल मौसमका बाबजुद उद्धार टोलीले उनीहरूलाई सुरक्षित रूपमा बाहिर निकालेको ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठको सचिवालयले जनाएको छ।

मौसमको प्रतिकूलताका कारण उद्धार कार्यमा केही ढिलाइ भए पनि प्रभावित क्षेत्रमा उद्धार अभियानलाई उच्च प्राथमिकताका साथ निरन्तरता दिइएको छ।

यसैगरी, बाढीका कारण प्रभावित बनेको अपर त्रिशूली-३ ‘ए’ जलविद्युत् आयोजनाको टनेल (सुरङ) भित्र फसेका मानिसहरूको उद्धारका लागि आवश्यक सामग्रीसहित ‘डेडिकेटेड हेलिकप्टर’ र विशेष टोली आयोजनास्थलतर्फ परिचालन गरिएको छ। त्यस्तै, त्रिशूली-३ ‘बी’ जलविद्युत् आयोजनामा पनि सम्भावित उद्धारका लागि आवश्यक तयारी अवस्थामा राखिएको जनाइएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *