दीपकराज गिरीद्वारा रसुवाका बाढीपीडितका लागि ३ लाख सहयोग घोषणा
काठमाडौं। अभिनेता दीपकराज गिरीले रसुवाको भोटेकोशीमा आएको बाढीपीडितका लागि ३ लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरेका छन्।
आफ्नो निर्माण कम्पनी ‘आमा सरस्वती मुभिज प्रालि’का तर्फबाट उनले उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा जम्मा गर्ने जानकारी दिएका हुन्।
विपत्तिको यस घडीमा सरकारले सुरु गरेको खोज, उद्धार, राहत तथा पुनर्स्थापना कार्यमा सानै भए पनि सहयोग पुगोस् भन्ने उद्देश्यले राहत रकम उपलब्ध गराउन लागिएको गिरीले बताएका छन्।
वित्तीय सहयोगका साथै पीडितहरूका लागि खाद्यान्न र कपडासमेत पठाउने तयारी भइरहेको उनले जनाएका छन्।

No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment