धादिङमा बाढीले बगाएर ल्याएको सेफ फोडेर रकम निकाल्ने २९ जना पक्राउ, ९२ लाख ६८ हजारभन्दा बढी नगद बरामद
धादिङ। रसुवा तथा माथिल्लो तटीय क्षेत्रको बाढीले बगाएर ल्याएको सेफ फोडी गैरकानुनी रूपमा रकम निकाल्ने कार्यमा संलग्न २९ जनालाई सुरक्षाकर्मीले नियन्त्रणमा लिएका छन्। सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको संयुक्त टोलीले खोज तथा गस्तीका क्रममा उनीहरूलाई पक्राउ गरेको हो।
पक्राउ परेका व्यक्तिहरूको साथबाट कुल ९२ लाख ६८ हजार ५ सय ५ रुपैयाँ नगद बरामद गरिएको छ। केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक (डीआईजी) अबिनारायण काफ्लेका अनुसार पक्राउ परेका सबै २९ जनालाई हाल जिल्ला प्रहरी कार्यालय धादिङको हिरासतमा राखी थप कानुनी अनुसन्धान अघि बढाइएको छ।
विपद्को मौका छोपी सरकारी, व्यापारिक वा निजी सम्पत्ति तोडफोड तथा चोरी/लुटपाट गर्नेहरूविरुद्ध सुरक्षा निकायले निगरानी तीव्र बनाएको छ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment