१८७ जना विदेशी पर्यटकको उद्धार, अझै ४२० सम्पर्कविहीन

डिसी नेपाल
१३ भदौ २०८३ १७:३६

काठमाडौं। भोटेकोशी र त्रिशूली नदीमा आएको भीषण बाढीबाट प्रभावित क्षेत्रबाट हालसम्म १५ देशका १८७ जना विदेशी पर्यटक तथा यात्रुको उद्धार गरिएको नेपाल पर्यटन बोर्डले जनाएको छ।

नेपाल पर्यटन बोर्डले शुक्रबार सार्वजनिक गरेको अपडेट अनुसार भारतका ११४, चीनका २७, दक्षिण कोरियाका २०, माल्टा र जर्मनीका ४-४ अमेरिका र इटालीका ३-३, रुस, स्पेन, स्वीजरल्याण्ड, टर्कीका २-२ जना तथा बेल्जियम, बुल्गेरिया, ओमान र पोर्चुगलका एक एक जना नागरिकको उद्धार गरिएको छ। त्यस्तै अन्य राष्ट्रियता नखुलेका ३ जना सम्पर्कमा रहेको बोर्डले जानकारी दिएको छ। त्यस्तै अझै ४२० विदेशी पर्यटक सम्पर्कमा नरहेको बोर्डले जनाएको छ।

गत बुधबार रसुवा, नुवाकोट, धादिङ र गोरखाका विभिन्न क्षेत्रमा भोटेकोशी तथा त्रिशूली नदीमा आएको भीषण बाढीपछि प्रभावित क्षेत्रमा रहेका पर्यटक तथा यात्रुको अवस्था पहिचान र उद्धारका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, नेपाल पर्यटन बोर्ड, पर्यटक प्रहरी तथा पर्यटन क्षेत्रसँग सम्बन्धित निकायले संयुक्त रूपमा काम गरिरहेको बोर्डले जनाएको छ। बोर्डका अनुसार घाइते, अलपत्र तथा प्रभावित व्यक्तिको उद्धार र सुरक्षित स्थानमा स्थानान्तरणका लागि आवश्यक प्रयास जारी छ।

आपत्कालीन सहयोगका लागि निःशुल्क १२३४, सहायता नम्बर ११४४ तथा पर्यटक प्रहरीको ९८५१२८९४४५ नम्बरमा सम्पर्क गर्न सकिने बोर्डले जनाएको छ।

बोर्डले पर्यटकको सुरक्षा आफ्नो पहिलो प्राथमिकता रहेको जनाएको छ। यसअघि बोर्डले ६६७ जना पर्यटक सम्पर्कविहीन रहेको जानकारी दिएको थियो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *