जावलाखेल ग्रुप अफ इन्डस्ट्रिजद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा तीन करोड सहयोग
काठमाडौं। जावलाखेल ग्रुप अफ इन्डस्ट्रिज (JGI) ले हालै देशका विभिन्न भागमा आएको विनाशकारी अकस्मात् बाढी (फ्ल्यास फ्लड) बाट प्रभावितहरूका लागि राहत, पुनर्स्थापना र पुनर्निर्माण कार्यमा सहयोग पुर्याउन प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा तीन करोड रुपैयाँ सहयोग हस्तान्तरण गरेको छ।
नेपाल सरकारको राहत तथा पुनर्स्थापना प्रयासमा टेवा पुर्याउने उद्देश्यले प्रदान गरिएको यो सहयोगले कम्पनीको संस्थागत सामाजिक उत्तरदायित्व (CSR) प्रतिको प्रतिबद्धता र प्राकृतिक विपद्बाट प्रभावित समुदायप्रतिको निरन्तर सहयोगलाई झल्काउँछ।
बाढीबाट प्रभावित नागरिकहरूप्रति ऐक्यबद्धता जनाउँदै जावलाखेल ग्रुप अफ इन्डस्ट्रिजले प्राकृतिक विपत्तिमा परी ज्यान गुमाउनेहरूका परिवारजनमा गहिरो समवेदना व्यक्त गरेको छ। साथै, यस संकटको घडीमा कष्टभोग गरिरहेका सम्पूर्ण व्यक्ति तथा प्रभावित समुदायप्रति कम्पनीले हार्दिक सहानुभूति प्रकट गरेको छ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment