भोटेकोशी बाढी संकट: प्रधानमन्त्रीद्वारा सुरक्षा निकायका प्रमुखहरूसँग लगातार छलफल र ब्रिफिङ

डिसी नेपाल
१५ भदौ २०८३ १३:०३

काठमाडौं। रसुवाको भोटेकोशी नदीमा आएको भिषण बाढीका कारण उत्पन्न संकट समाधान र उद्धार कार्यलाई तीव्र बनाउन प्रधानमन्त्रीले आज सुरक्षा निकायका प्रमुखहरूसँग एकपछि अर्को गरी छलफल तथा ब्रिफिङ लिइरेका छन्।

प्रधानमन्त्रीले केहीबेर अघि प्रधान सेनापति अशोकराज सिग्देलसँग भेट गरी हालसम्म भएका खोज, उद्धार, राहत वितरण तथा प्रभावितहरूको व्यवस्थापनबारे विस्तृत जानकारी (ब्रिफिङ) लिएका हुन्।

यसैक्रममा प्रधानमन्त्रीले सशस्त्र प्रहरी बल, नेपालका महानिरीक्षक नारायणदत्त पौडेल र नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीसँग पनि आजै छुट्टाछुट्टै भेट गरी बाढी प्रभावित क्षेत्रको पछिल्लो अवस्था र उद्धार प्रयासबारे ब्रिफिङ लिने कार्यक्रम रहेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *