सुनको मूल्यमा भारी गिरावट: एकैदिन तोलामा ८,८०० ले घट्यो, चाँदी पनि सस्तियो
काठमाडौं। नेपाली बजारमा पछिल्लो एक सातादेखि निरन्तर ओरालो लागिरहेको सुनको मूल्य बुधबार ह्वात्तै घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबारको तुलनामा बुधबार छापावाल सुनको मूल्य प्रतितोला ८ हजार ८०० रुपैयाँले घटेको छ।
मूल्यमा आएको यस भारी गिरावटसँगै बुधबार छापावाल सुनको मूल्य प्रतितोला २ लाख ९७ हजार ३०० रुपैयाँ कायम भएको छ। यसअघि मंगलबार सुनको मूल्य तोलामा ५०० रुपैयाँले घटेर ३ लाख ६ हजार १०० रुपैयाँमा कारोबार भएको थियो।
त्यस्तै सोमबार तोलामा २ हजार ४०० रुपैयाँले घट्दै ३ लाख ६ हजार ६०० रुपैयाँमा झरेको सुनको मूल्य आइतबार पनि तोलामा ९ हजार ५०० रुपैयाँले घटेर ३ लाख ९ हजार रुपैयाँ कायम भएको थियो।
सुनसँगै चाँदीको मूल्यमा पनि गिरावट आएको छ। बुधबार चाँदीको मूल्य तोलामा १८५ रुपैयाँले घटेर प्रतितोला ४ हजार ५८० रुपैयाँ कायम भएको महासंघले जनाएको छ।
मङ्गलबार तोलामा १५ रुपैयाँले घटेर चाँदी ४ हजार ७६५ रुपैयाँमा कारोबार भएको थियो भने सोमबार र आइतबार प्रतितोला ४ हजार ७८० रुपैयाँमा कारोबार भएको थियो।
No ads found for this position


डिसी नेपाल
Facebook Comment