रसुवाको बाढीमा ज्यान गुमाएकाहरूको सम्झनामा चितवनमा शोकसभा तथा दीप प्रज्वलन (भिडियोसहित)

डिसी नेपाल
१७ भदौ २०८३ ११:५०

चितवन। रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा बगेर चितवनमा भेटिएका ३३८ शवको व्यवस्थापन गरिएको स्थलमा मंगलबार साँझ शोकसभा तथा दीप प्रज्वलन गरिएको छ।

बाढीमा ज्यान गुमाएका तथा अझै पहिचान हुन नसकेका मृतकहरूको सम्झनामा आयोजित कार्यक्रममा स्थानीयवासी, जनप्रतिनिधि, सुरक्षाकर्मी तथा विभिन्न क्षेत्रका व्यक्तिहरूको सहभागिता थियो। कार्यक्रममा चितवनका प्रमुख जिल्ला अधिकारी (सीडीओ) गणेश अर्यालसहित स्थानीयवासीको उल्लेख्य उपस्थिति रहेको थियो।

शोकसभामा सहभागीहरूले बाढीमा परी ज्यान गुमाएका नागरिकप्रति श्रद्धाञ्जली अर्पण गर्दै मृतकका परिवारजनप्रति समवेदना व्यक्त गरेका थिए। दीप प्रज्वलनमार्फत दिवंगत आत्माको चिरशान्तिको कामना गरिएको थियो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *