प्रिमियर लिगकै कीर्तिमानी १२५ मिलियन पाउन्डमा एन्जो फर्नान्डेज म्यानचेस्टर सिटीमा अनुबन्धित
काठमाडौं। अर्जेन्टिनाका स्टार मिडफिल्डर एन्जो फर्नान्डेज प्रिमियर लिगकै कीर्तिमानी १२ करोड ५० लाख पाउन्ड (१२५ मिलियन पाउन्ड) मा म्यानचेस्टर सिटीमा आबद्ध भएका छन्। म्यानचेस्टर सिटीले २५ वर्षीय फर्नान्डेजसँग सन् २०३१ सम्मका लागि सम्झौता भएको मंगलबार औपचारिक घोषणा गरेको हो।
सन् २०२३ देखि २०२६ सम्म चेल्सीमा बिताएका फर्नान्डेजले त्यहाँ युइएफए कन्फरेन्स लिग र २०२५ को फिफा क्लब विश्वकपको उपाधि जितेका थिए। इएसपिएनका अनुसार करिब १६ करोड ९० लाख अमेरिकी डलर बराबरको यो सम्झौता प्रिमियर लिग इतिहासकै सर्वाधिक महँगो ट्रान्सफर हो।
यो रकम गत सिजन लिभरपुलले न्यूक्यासल युनाइटेडबाट अलेक्जेन्डर इसाकलाई भित्र्याउँदा तिरेको कीर्तिमानी शुल्क सरह हो। सिटीमा सम्झौता गर्नुअघि उनले मेडिकल परीक्षणसमेत पूरा गरिसकेका छन्।
अर्जेन्टिनाका डेफेन्सा इ जस्टिसिया र रिभर प्लेटबाट व्यावसायिक फुटबल यात्रा सुरु गरेका फर्नान्डेजले रिभर प्लेटमा चार प्रमुख उपाधि जितेका थिए। त्यसपछि पोर्चुगलको बेन्फिका पुगेका उनले त्यहाँ प्रिमेरा लिगाको उपाधि उचालेका थिए।
अन्तर्राष्ट्रिय स्तरमा अर्जेन्टिनाका लागि २०२२ को फिफा विश्वकप र २०२४ को कोपा अमेरिका जितेका उनले हालै सम्पन्न २०२६ को फिफा विश्वकपमा भने टोली उपविजेता बन्दा स्पेनसँग पराजय भोगेका थिए।
सिटीमा आबद्ध भएपछि खुसी व्यक्त गर्दै फर्नान्डेजले म्यानचेस्टर सिटी पछिल्ला वर्षहरूमा इङ्ल्यान्डको सबैभन्दा सफल क्लब रहेको र टोलीलाई थप उपाधि जिताउन योगदान दिन आफू तयार रहेको बताएका छन्।
यस्तै, क्लबका फुटबल निर्देशक ह्युगो भियानाले फर्नान्डेजलाई प्राविधिक रूपमा उत्कृष्ट, मेहनती र बहुआयामिक मिडफिल्डर भन्दै उनको आगमनले सिटीको टोली अझै मजबुत हुने विश्वास व्यक्त गर्नुभएको छ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment