इरानद्वारा खाडीका विभिन्न देशहरूमा रहेका अमेरिकी सैन्य अखडाहरूमाथि आक्रमण

डिसी नेपाल
१७ भदौ २०८३ १६:०६

काठमाडौं । मङ्गलबार राति अमेरिकाका तर्फबाट इरानमाथि भएका आक्रमणको जवाफमा इरानले मध्य-पूर्वका देशहरूमा रहेका अमेरिकी सैन्य अखडाहरूलाई निशाना बनाएको छ।

इरानले जोर्डन, कुवेत, इराक र बहराइनमा रहेका अमेरिकी सैन्य अखडाहरूमा मिसाइल तथा ड्रोनमार्फत आक्रमण गरेको हो।

इरानी रेड क्रिसेन्टका अनुसार दक्षिणी इरानको सिरिकमा एक घरमा विवाहको उत्सव चलिरहेका बेला अमेरिकी मिसाइल आक्रमणका टुक्राहरू खस्दा एक बालकहित पाँच जनाको मृत्यु भएको छ भने ५० जनाभन्दा बढी घाइते भएका छन्।

अमेरिकी सेनाले आफूहरूलाई यस घटनाबारे जानकारी भएको बताएको छ। उसले आफूहरूले कहिल्यै पनि सर्वसाधारण नागरिकहरूलाई निशाना नबनाएको दाबीसमेत गरेको छ।

अमेरिकी आक्रमणपछि इस्लामिक रिभोलुसनरी गार्ड कर्प्स ले अमेरिकाले यी आक्रमणहरूको “परिणाम भोग्नुपर्ने” चेतावनी दिएको थियो।

इरानी समाचार एजेन्सी तस्निमका अनुसार बुधबार बिहानसम्म इरानले जवाफी कारबाही गर्दै जोर्डनको अकाबास्थित अमेरिकी मरीन बेसमा ब्यालिस्टिक मिसाइल प्रहार गरेको छ।

जोर्डनी सेनाले आफू १३ वटा ब्यालिस्टिक मिसाइल रोक्न सफल भएको जनाएको छ। तीमध्ये १० वटालाई नष्ट गरिएको र तीन वटा टाढाका क्षेत्रहरूमा खसेका थिए। यसबाट कसैको मृत्यु वा घाइते भएको खबर छैन।

यसैगरी, कुवेतको सेनाले बुधबार बिहानै इरानी मिसाइल आक्रमणको प्रतिवाद गर्न आफ्नो एयर डिफेन्स (वायु रक्षा) प्रणाली सक्रिय पारिएको जनाएको छ।

इरानी सरकारी सञ्चारमाध्यमका अनुसार बहराइनमा पनि कैयौँ विस्फोटका आवाजहरू सुनिएको खबर प्राप्त भएको छ।

इर्ना समाचार एजेन्सीले जनाए अनुसार इरानले इराकको कुर्दिस्तान क्षेत्रमा रहेका अमेरिकी अख्डाहरूमा आक्रमण गर्दा एक मर्मतसम्भार केन्द्र, गोदाम र केही उपकरणहरू नष्ट भएका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *