एनभीएलमा खप्तड फाल्कन्समाथि कर्णाली शिवराज सोझो सेटमा विजयी
काठमाडौं। जारी नेपाल भलिबल लिग (एनभीएल) मा खेल कर्णाली शिवराजले खप्तड फाल्कन्सलाई पराजित गरेको छ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा सम्पन्न दोस्रो खेलमा कर्णालीले खप्तडलाई तीन सेटको सोझो सेटमा पराजित गरेको हो।
कर्णालीले खप्तडलाई २५-१९, २५-१९ र २५-१९ को सेटले पराजित गरेको छ। यसअघि आजै सम्पन्न पहिलो खेलमा अन्नपूर्ण स्पाइकर्सले काठमाडौं रेड्सलाई तीन सेटको सोझो सेटमा पराजित गरेको थियो।
एनभीएलमा मधेश वारियर्स र अन्नपूर्ण स्पाइकर्सबीच दिउँसो ४ बजे तथा सगरमाथा स्मासर्ससँग र कर्णाली शिवराजबीच साँझ ७ बजे खेल हुने तालिका छ।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment