प्रिमियर लिगको तेस्रो राउन्ड: आर्सनलद्वारा चेल्सी पराजित

डिसी नेपाल
२२ भदौ २०८३ १०:५७

लण्डन। इङ्ग्लिस प्रिमियर लिगको तेस्रो राउन्डका खेलहरू सकिँदा शीर्ष स्थानका लागि म्यानचेस्टर सिटी र आर्सनलबीच कडा प्रतिस्पर्धा भइरहेको छ।

गएराति सम्पन्न लण्डन डर्बीमा आर्सनलले चेल्सीलाई २-१ गोल अन्तरले पराजित गरेको छ। जारी सिजनमा चेल्सीको यो पहिलो हार हो। ३ खेलबाट ६ अंक जोडेको चेल्सी तालिकाको चौथो स्थानमा छ।

जितसँगै ९ अंक जोडेको आर्सनल अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। समान ९ अंक नै भए पनि उत्कृष्ट गोलअन्तरका आधारमा म्यानचेस्टर सिटी तालिकाको शीर्ष स्थानमा कायमै छ।

यस्तै, २ जित र १ बराबरीसहित ७ अंक जोडेको हल सिटी तेस्रो स्थानमा रहेको छ। गएरातिकै अर्को खेलमा एभर्टनले म्यानचेस्टर युनाइटेडलाई २-२ को बराबरीमा रोक्दै आफ्नो अपराजित यात्रा कायम राखेको छ। सिजनमा १ जित, १ हार र १ बराबरीको नतिजा निकालेको म्यानचेस्टर युनाइटेड ४ अंकका साथ ११औँ स्थानमा छ।

तेस्रो चरणको समाप्तिसम्म ब्रेन्टफोर्ड, लिभरपुल, न्युक्यासल युनाइटेड, एभर्टन र लिड्स युनाइटेडको समान ५-५ अंक रहेको छ। ब्राइटन एन्ड होभ एल्बियन, म्यानचेस्टर युनाइटेड र सन्डरल्यान्डको समान ४-४ अंक छ भने क्रिस्टल प्यालेस र इप्सविच टाउनको ३-३ अंक छ।

त्यस्तै, बर्नमाउथ र नटिङ्गम फरेस्टको समान २-२ अंक तथा एस्टोन भिल्ला र टोटनह्याम हट्सपुरको समान १–१ अंक छ। फुलहाम र कोभेन्ट्री सिटीले भने अहिलेसम्म अंकको खाता खोल्न सकेका छैनन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *