अनुसन्धान अधिकृतविरुद्ध मुद्दा दायर

डिसी नेपाल
२४ भदौ २०८३ २१:१२

काठमाडौं। राष्ट्रिय अनुसन्धान विभागका प्रमुख अनुसन्धान अधिकृत ठाकुरप्रसाद केसीविरुद्ध नक्कली शैक्षिक प्रमाणपत्र पेस गरी सरकारी सेवामा प्रवेश तथा बढुवा भएको आरोपमा विशेष अदालतमा मुद्दा दायर गरिएको छ।

अनुसन्धानका क्रममा केसीले भारतको उत्तर प्रदेशस्थित माध्यमिक शिक्षा परिषद्बाट जारी भएको हाईस्कुल परीक्षाको झुट्टा तथा नक्कली शैक्षिक प्रमाणपत्र पेस गरी तत्कालीन समयमा सहायक निरीक्षक पदमा नियुक्ति लिएको पाइएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ।

उक्त प्रमाणपत्रकै आधारमा उनले २०६६ सालमा वरिष्ठ अनुसन्धान सहायक, २०७३ सालमा अनुसन्धान अधिकृत र २०८१ सालमा प्रमुख अनुसन्धान अधिकृत पदमा बढुवा भई हैसियत, लाभ तथा सुविधा लिएको आयोगको दाबी छ।

आयोगले नक्कली प्रमाणपत्र पेस गरी नियुक्ति तथा बढुवा लिएको कार्य भ्रष्टाचार निवारणसम्बन्धी प्रचलित कानुनबमोजिम कसुर भएको ठहर गर्दै केसीलाई कैद तथा जरिवानाको सजाय मागदाबी गरेको छ।

आयोगले बुधबार केसीविरुद्ध विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरेको जनाएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *