भोटेकोशी बाढीपीडितका लागि यशोदा ग्रुपद्वारा ३ करोड ५१ लाख नगदसहित राहत सहयोग

डिसी नेपाल
२५ भदौ २०८३ १३:२४

काठमाडौं। रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकहरूको उद्धार, राहत तथा पुनर्स्थापनाका लागि यशोदा ग्रुपले ठूलो परिमाणमा सहयोग हस्तान्तरण गरेको छ।

ग्रुपअन्तर्गतका उद्योगहरू यशोदा फुड्स प्रा. लि. र श्रीराम टोबाको प्रा. लि.का तर्फबाट ‘प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष’ मा रु. ३ करोड ५१ लाख ५१ हजार नगद सहयोग प्रदान गरिएको हो।

उक्त रकम बराबरको चेक यशोदा ग्रुपका अध्यक्ष कमल किशोर मालपानी र चेयरमेन चुन्न प्रसाद शर्माले संयुक्त रूपमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई हस्तान्तरण गरे।

नगद सहयोगका अतिरिक्त, कम्पनीले अति प्रभावित क्षेत्रहरू रसुवा, नुवाकोट र धादिङका बाढीपीडित तथा आश्रयस्थलहरूमा रु. ३० लाख बराबरको ‘करेन्ट चाउचाउ’ पठाएर प्रत्यक्ष रूपमा वितरण गरिसकेको छ।

विपद्को यस कठिन घडीमा आवश्यक परे थप खाद्य सामग्री उपलब्ध गराउनुका साथै जुनसुकै प्रकृतिको सहयोग गर्न यशोदा ग्रुप इण्डस्ट्रिज पूर्ण रूपमा तयार र प्रतिबद्ध रहेको कम्पनीले जनाएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *