ट्रम्प प्रशासनद्वारा विद्युत् केन्द्रको कार्बन उत्सर्जन सीमा खारेज गर्ने तयारी
वासिङ्टन डीसी। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले कोइला तथा ग्यासबाट सञ्चालन हुने विद्युत् केन्द्रहरूमा लागू गरिएको जलवायु प्रदूषणसम्बन्धी कडा सीमाहरू हटाउने तयारी गरेको छ।
अमेरिकी सञ्चारमाध्यमहरूका अनुसार पूर्वराष्ट्रपति जो बाइडेनको प्रशासनले सन् २०२४ मा लागू गरेको वातावरणीय नियमलाई उल्ट्याउँदै ट्रम्प प्रशासनले यो कदम चाल्न लागेको हो। बाइडेनकालीन उक्त नियमले कोइला र ग्यासमा आधारित विद्युत् केन्द्रहरूलाई आफ्नो लगभग सम्पूर्ण कार्बन उत्सर्जन घटाउन वा पूर्ण रूपमा हटाउन बाध्य पारेको थियो।
ब्लुमबर्ग न्युज र न्युयोर्क टाइम्सका अनुसार, वातावरण संरक्षण एजेन्सी (इपिए) का प्रशासक ली जेल्डिनले ह्युस्टनमा आयोजित जी-२० ऊर्जामन्त्रीहरूको बैठकका क्रममा यस नीतिका सम्बन्धमा औपचारिक घोषणा गर्ने अपेक्षा गरिएको छ।
नयाँ प्रस्तावित नियमअनुसार कार्बन उत्सर्जनको सीमा हटाइने भए तापनि विद्युत् केन्द्रहरूबाट उत्सर्जन हुने मर्करी, आ Arsenic (आर्सनिक) लगायतका अन्य हानिकारक प्रदूषक तत्वहरूमाथिको सीमा भने कायम नै रहने न्युयोर्क टाइम्सले जनाएको छ।
जलवायु परिवर्तनका दृष्टिले कोइलालाई सबैभन्दा बढी हरितगृह ग्यास उत्सर्जन गर्ने जीवाश्म इन्धन मानिन्छ। राष्ट्रपति ट्रम्पले भने मानव सिर्जित जलवायु परिवर्तनको अवधारणालाई पटक-पटक अस्वीकार गर्दै यसलाई ‘धोखा’ को संज्ञा दिँदै आएका छन्।
दोस्रो कार्यकालका लागि ह्वाइट हाउस फर्किएयता उनले जीवाश्म इन्धनको प्रयोगमा कडाइ गर्ने तथा उत्सर्जन सीमित गर्ने अघिल्ला सरकारका धेरै वातावरणीय नीतिहरू उल्ट्याउने प्रक्रियालाई तीव्र पारेका छन्।
यसै नीतिअन्तर्गत इपिएले सन् २००९ मा जारी गरेको ऐतिहासिक ‘एन्डेन्जरमेन्ट फाइन्डिङ’ समेत खारेज गरिसकेको छ। उक्त वैज्ञानिक निष्कर्षले हरितगृह ग्यासको उत्सर्जनले जनस्वास्थ्य र जनकल्याणमा गम्भीर खतरा पुर्याउने ठहर गरेको थियो।
No ads found for this position


डिसी नेपाल
Facebook Comment