कास्टिङ निर्देशकको अनुचित प्रस्तावपछि अभिनेत्रीको गजबको जवाफ
काठमाडौं । अभिनेत्री खुसी मुखर्जी आफ्नो बोल्ड शैली र निडर अभिव्यक्तिका लागि परिचित छिन्। आज उनी जुन स्थानमा छिन्, त्यहाँसम्म पुग्नका लागि उनले धेरै मानिसहरूको आलोचनाको सामना गरेकी छन्।
एक पडकास्टमा खुसी मुखर्जीले कास्टिङ काउचका विषयमा कुराकानी गरेकी छन्। उनले इन्डस्ट्रीबाट धेरै कास्टिङ निर्देशकहरूलाई धपाइनुपर्ने बताएकी छन्।
खुसीले आफूले कहिल्यै काम पाउनका लागि कुनै युवतीले १ महिनाको सम्झौतामा हस्ताक्षर गर्नुपर्ने वा १ महिनासम्म यौन सम्बन्ध राख्नुपर्ने कुरा नभनेको स्पष्ट पारिन्।
भूमिकाको बदलामा आफूलाई पनि ‘सम्झौता’ गर्ने प्रस्तावहरू आउने गरेको अभिनेत्रीले बताइन्। यस्ता कास्टिङ निर्देशकहरूलाई आफूले मुखभरिको जबाफ दिने गरेको उनको भनाइ छ।
खुसीले भनिन्- ‘म उनीहरूलाई भन्छु, यदि मसित सुत्न चाहन्छौ भने एउटा काम गर। एउटा डमी व्यक्ति ल्याऊ। मेरो फोटोकपी निकाल र त्यो युवतीको अनुहारमा टाँस, अनि सोच कि त्यो खुसी नै हो।’
कास्टिङ निर्देशकहरूप्रति आक्रोश व्यक्त गर्दै खुसीले भनिन्- ‘आजकल इन्डस्ट्रीमा केही बदमास कास्टिङ निर्देशकहरू छन् जसले यिनीहरूसँग त सम्झौता हुन्छ नै, हामीसँग पनि यो सब गर्नुपर्छ भन्छन्।’
‘म उनीहरूको यो माग सुनेर चकित छु। के युवती कुनै घुम्ने वस्तु हो र? जसलाई यताउता सबै ठाउँमा सम्झौता गराइन्छ,’ उनले थपिन्।
खुसी यस्ता कास्टिङ निर्देशकहरूप्रति कडा रूपमा प्रस्तुत भएकी छन्। उनका अनुसार यी मानिसहरू काम नभएका हुन्, जो सडकबाट उठेर स्टार बनेका हुन् र त्यसैले अनैतिक कार्य गर्न थाल्छन्।
यस्ता कास्टिङ निर्देशकहरूले कलाकारहरूलाई नीच देखाउने गर्दछन्। कसरी उनीहरूले कसैलाई सुत्नका लागि भन्न सक्छन्? यो नैतिकताको विरुद्ध छ र बिल्कुलै गलत हो।
No ads found for this position


डिसी नेपाल
Facebook Comment