‘अबू ओसामा’ समेत हमासका पाँच सदस्य मारिएको इजरायली सेनाको दाबी
काठमाडौं । इजरायली सेनाले सोमबार गाजामा गरिएको एक सैन्य कारबाहीमा कमान्डरसहित हमासका पाँच जना सदस्यलाई मारेको दाबी गरेको छ।
द टाइम्स अफ इजरायलको रिपोर्ट अनुसार, इजरायली सेना र आन्तरिक सुरक्षा एजेन्सी ‘सिन बेट’ ले हालैका साताहरूमा गाजामा आफ्ना ‘आतंकवाद विरोधी कारबाही’ लाई तीव्र बनाएका छन्।
इजरायली सेनाको निशानामा हमासका सैन्य कमान्डर अहमद अल-बत्श थिए, जसलाई ‘अबु ओसामा’ नामले पनि चिनिन्थ्यो। हमाससँग सम्बद्ध समाचार स्रोतहरूले पनि उनको मृत्युको पुष्टि गरेका छन्।
इरानको फार्स न्युज एजेन्सीले सोमबार राति ‘गाजा अल-आन’ लाई उद्धृत गर्दै अहमद अल-बत्श हमासको सशस्त्र युनिट ‘इज अल-दिन अल-कस्साम’ ब्रिगेडका कमान्डर रहेको जनाएको छ। प्रतिवेदन अनुसार एक इजरायली हवाई आक्रमणमा उनको मृत्यु भएको हो।
अल जजिराले पनि उनको मृत्युको जानकारी दिँदै अहमद अल-बत्शलाई गाजा सिटीको उत्तरमा रहेको अल-सफ्तावी स्ट्रिटमा एक कारलाई निशाना बनाएर गरिएको हवाई आक्रमणमा मारिएको जनाएको छ। यो क्षेत्र जबालियाको पश्चिममा पर्दछ।
इजरायली सेनाले गाजामा हमासविरुद्ध आफ्ना अभियानहरू लगातार जारी रहेको र हालैका साताहरूमा यी कारबाहीहरूलाई अझ तीव्र पारिएको बताएको छ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment