बालेनको परिणाममुखी शैलीको प्रशंसा गर्दै बाबुरामले भने-संसद्प्रति उत्तरदायी भने हुनैपर्छ
काठमाडौं। पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले वर्तमान सरकारका प्रधानमन्त्री तथा मन्त्रीहरूलाई जिम्मेवार र विनम्र भएर काम गर्न सुझाव दिएका छन्।
नेपाल न्यूज बैंकसँगको विशेष कुराकानीमा उनले नयाँ व्यक्तिहरू सरकारमा रहेकाले राज्य सञ्चालन (स्टेट क्राफ्ट) को अनुभव हासिल गर्न समय लाग्ने उल्लेख गर्दै कमीकमजोरी सच्याउँदै अगाडि बढ्नुपर्ने बताएका हुन्।
सरकारलाई अहङ्कार त्याग्न आग्रह गर्दै उनले भने, “सिक्ने कुरा कहिल्यै सकिँदैन। नयाँले पुरानाबाट सिक्ने र पुरानाले नयाँलाई सहयोग गर्दै अघि बढ्नु नै अहिलेको सही बाटो हो।” सरकारको प्रारम्भिक कामलाई लिएर अहिल्यै नकारात्मक आलोचना गर्नुभन्दा गल्ती सुधारेर लैजाने वातावरण बनाउनुपर्नेमा उनले जोड दिए।
यस्तै, अमेरिकी सञ्चारमाध्यम ‘द ग्रे जोन’ले सार्वजनिक गरेको खोजमूलक प्रतिवेदनबारे सरकार र सम्बन्धित जिम्मेवार व्यक्तिहरूले स्पष्ट जवाफ दिनुपर्ने भट्टराईको भनाइ छ।
नेपालजस्तो भू–राजनीतिक रूपमा संवेदनशील मुलुकमा वैदेशिक चासोलाई पूर्णतः नकार्न नसकिने भन्दै उनले दुष्प्रचार वा आरोपबारे सत्यतथ्य नागरिकसामू प्रस्ट्याउनुपर्ने बताए।
काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) को प्रसङ्गमा बोल्दै डा. भट्टराईले उनको ‘परिणाममुखी काम गर्ने शैली’ सकारात्मक रहेको टिप्पणी गरे।
बाहिरी प्रचारभन्दा चुपचाप काम गर्ने शैली राम्रो भए पनि वर्तमान संवैधानिक व्यवस्थाअनुसार संसद्प्रति उत्तरदायी हुनुपर्ने दायित्वबाट पन्छिन नमिल्ने उनले स्पष्ट पारे।
No ads found for this position


डिसी नेपाल
Facebook Comment