विपद् व्यवस्थापनमा उच्चस्तरीय संयन्त्र बनाउन रास्वपाले बोलायो सर्वदलीय बैठक

डिसी नेपाल
३० भदौ २०८३ १९:१२

काठमाडाैं। विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनका लागि उच्चस्तरीय राजनीतिक संयन्त्र गठन गर्ने विषयमा छलफल गर्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सर्वदलीय बैठक आह्वान गरेको छ।

रास्वपा सभापति रवि लामिछानेको आह्वानमा शीर्ष नेताहरूको उपस्थिति रहने गरी भोलि बुधबार सर्वदलीय बैठक बस्न लागेको हो।

रास्वपा प्रवक्ता जगदीश खरेलका अनुसार सो सर्वदलीय बैठक २०८३ भदौ ३१ गते बुधबार बिहान ११ बजे सिंहदरबारस्थित रास्वपा संसदीय दलको कार्यालयमा आयोजना गरिनेछ।

बैठकमा देशमा उत्पन्न विपद्को सामना, जोखिम न्यूनीकरण र व्यवस्थापनका लागि दलहरूबीच साझा राजनीतिक संयन्त्र निर्माण गर्ने विषयमा केन्द्रित रहेर गहन छलफल हुने जनाइएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *