बीरेनद्रनगरको आकाशमा देखिएको इन्द्रेणी (फोटो फिचर)
सुर्खेत । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर, सुर्खेतको आकाशमा आज देखिएको इन्द्रेणीले केही क्षणका लागि भए पनि सबैको मन तानेको छ । बादलका काला धर्साबिच अचानक खुलेको रंगीन आकाश, मानौँ प्रकृतिले आफ्नै हातले खुसीको चित्र कोरेझैँ । सात रङमा सजिएको त्यो इन्द्रेणीले व्यस्त जीवनको दौडमा रहेका आँखालाई एक छिन रोक्यो, मनलाई शान्त बनायो र अनुहारमा अनायासै मुस्कान ल्यायो ।
कहिलेकाहीँ खुसी खोज्न टाढा जानुपर्दैन रहेछ-आफ्नै आकाशतिर हेरे पुग्दो रहेछ । क्षणभर देखिएर हराउने इन्द्रेणीले पनि सम्झाइदिन्छ-जीवनमा बादल जति नै गाढा भए पनि, त्यसपछि रंगहरू अवश्य आउँछन् । आज वीरेन्द्रनगरको आकाशमा देखिएको यो इन्द्रेणी केवल प्रकृतिको दृश्य थिएन, धेरैका लागि केही क्षणको खुसी, आशा र सुन्दर सम्झना बनेर आएको थियो ।






No ads found for this position


डिसी नेपाल
Facebook Comment