लस एन्जलसमा समाचार संकलनका क्रममा हेलिकप्टर दुर्घटना: तीन जनाको मृत्यु, एक घाइते
CREATOR: gd-jpeg v1.0 (using IJG JPEG v62), quality = 90
लस एन्जलस। अमेरिकाको लस एन्जलसमा समाचार संकलनका क्रममा एक स्थानीय सञ्चार माध्यमको हेलिकप्टर दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ।
लस एन्जलसको च्याट्सवर्थ क्षेत्रमा भएको भीषण बस दुर्घटनाको दृश्य तथा समाचार संकलन गरिरहेका बेला हेलिकप्टर एक्कासि खसेको थियो। दुर्घटनालगत्तै हेलिकप्टरमा भीषण आगलागी भएको थियो।
लस एन्जलस अग्नि नियन्त्रण विभागका अनुसार दुर्घटनास्थलमा रहेका चार जनाको स्वास्थ्य जाँच गर्दा तीन जनालाई मृत घोषित गरिएको हो।
मृतकमध्ये दुई जना हेलिकप्टरमा सवार व्यक्ति र एक जना जमिनमा रहेका सर्वसाधारण रहेको बताइएको छ। दुर्घटनामा परेका अर्का एक जना गम्भीर घाइतेलाई उपचारका लागि तत्काल अस्पताल पुर्याइएको छ।
हेलिकप्टरमा सवार चालक र समाचारकर्मीको पहिचान तथा थप विवरण भने सार्वजनिक गरिएको छैन।
दुर्घटनाको वास्तविक कारण अझै खुल्न सकेको छैन र सम्बन्धित अधिकारीहरूले घटनाको सूक्ष्म अनुसन्धान सुरु गरेका छन्।
No ads found for this position


डिसी नेपाल
Facebook Comment