कांग्रेसको १५औं महाधिवेशन : १६९ पदका लागि २१ किसिमका मतपत्र प्रयोग हुने
काठमाडौँ। नेपाली कांग्रेसको १५औं केन्द्रीय महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमितिका १६९ पदका लागि २१ किसिमका मतपत्र प्रयोग गरिने भएको छ। केन्द्रीय निर्वाचन समितिले बिहीबार आयोजना गरेको पत्रकार सम्मेलनमा यससम्बन्धी जानकारी दिइएको हो।
विभिन्न समावेशी क्लस्टर तथा क्षेत्रहरूलाई समेटेर २१ प्रकारका मतपत्रको व्यवस्था गरिएको समितिका सदस्य सचिव राजु कटुवालले बताए। आगामी असोज १६ गतेदेखि सुरु हुने केन्द्रीय महाधिवेशनअन्तर्गत असोज १९ गते मतदान हुने कार्यतालिका रहेको छ।
करिब ७ हजार महाधिवेशन प्रतिनिधिहरू सहभागी हुने उक्त निर्वाचनका लागि राष्ट्रिय सभा गृह र प्रज्ञा प्रतिष्ठान बुकिङ गरिसकिएको छ। यद्यपि मतदान कहाँ सञ्चालन गर्ने भन्नेबारे भने अन्तिम निर्णय भइसकेको छैन।
प्रतिनिधिहरूको सहजतालाई ध्यानमा राख्दै सम्भव भए एकै ठाउँमा र नभए दुई स्थानमा मतदान गराउनेबारे आवश्यक गृहकार्य भइरहेको निर्वाचन समितिले जनाएको छ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment