करदाता प्रोत्साहन उपहार कार्यक्रम: ३३ जना विजेताको छनोट आज हुँदै
काठमाडौं। करदाता प्रोत्साहन उपहार कार्यक्रमअन्तर्गत भदौ महिनाका विजेताहरूको छनोट आज हुने भएको छ।
आन्तरिक राजस्व विभागका अनुसार भदौ महिनाका ३१ जना र बम्परतर्फका २ जना गरी कुल ३३ जना विजेताहरूको घोषणा गर्न लागिएको हो।
यसअघि रसुवाको भोटेकोशी नदीमा भदौ १० गते आएको बाढीका कारण भदौ १६ गतेका लागि तय गरिएको उपहार घोषणा कार्यक्रम स्थगित भएको विभागले बताएको छ।
घोषणाअनुसार भदौ महिनाका प्रत्येक दिनका दरले ३१ जना विजेताले जनही १ लाख रुपैयाँ प्राप्त गर्नेछन्।
त्यसैगरी बम्पर उपहारतर्फ छनोट हुने २ जना विजेताले जनही १० लाख रुपैयाँ प्राप्त गर्ने जानकारी दिइएको छ।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment