इरानी सभामुख भन्छन् ‘हामीलाई लड्नु पनि छ र वार्ता पनि गर्नु छ’

डिसी नेपाल
४ असोज २०८३ १५:३६

काठमाडौं । इरानी संसद्का सभामुख मोहम्मद बागेर गालिबाफले इरानले मध्यस्थकर्ताहरूका माध्यमबाट अमेरिकासम्म आफ्नो सन्देश र वार्तासँग सम्बन्धित सर्तहरू पुर्‍याएको बताएका छन्।

संसद्मा आफ्नो सम्बोधनका क्रममा गालिबाफले भने, “केही मानिसहरू युद्धको कुरा त गर्छन्, तर त्यसको निर्णायक अन्त्यका लागि कुनै स्पष्ट दिशा भने बताउँदैनन्।”

“यस्तो सोचले वार्ता र कूटनीतिका सम्पूर्ण सम्भावनाहरूलाई नकार्दै देशलाई बिस्तारै-बिस्तारै कमजोर बनाउने लामो र अनन्त युद्धतर्फ धकेल्न सक्छ।”

गालिबाफले थप भने, “हामीले लड्नु पनि छ र वार्ता पनि गर्नु छ।”

इरानका पूर्ववत् सर्तहरू पूरा नभएसम्म वार्ता पुनर्गठन गर्ने र होर्मुज स्ट्रेट खोल्ने प्रश्न नै उठ्न नसक्ने स्पष्टोक्ति पनि उनले दिएका छन्।

उल्लेखनीय छ कि यसको एक दिनअघि इरानको सुप्रिम नेशनल सेक्युरिटी काउन्सिलका सचिव मोहसिन रेजाईको पनि यस्तै भनाइ सार्वजनिक भएको थियो।

उनले इरानले कतार र पाकिस्तानका मध्यस्थकर्ताहरूमार्फत अमेरिकासम्म वार्ताका लागि आफ्ना सर्तहरू पुर्‍याइसकेको बताएका थिए।

रेजाईका अनुसार अब इरान अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको जवाफको पर्खाइमा छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *