भोटेकोसी बाढीमा बेपत्तालाई सामूहिक मृत्यु घोषणा र द्रुत मृत्यु दर्ता गर्न सांसद तामाङको माग

डिसी नेपाल
७ असोज २०८३ ११:५६

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद बसुमाया तामाङले भोटेकोसी बाढीमा परी बेपत्ता भएका नागरिकहरूलाई एकद्वार प्रणालीमार्फत सामूहिक मृत्यु घोषणा गरी द्रुत गतिमा मृत्यु दर्ता गराउन सरकारसँग माग गरेकी छन्।

बुधबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद तामाङले स्थानीय तहबाट समयमै मृत्यु दर्ता र नाता प्रमाणित प्रमाणपत्र पाउन नसक्दा बाढीपीडित परिवारले पीडामाथि पीडा सहनुपरेको बताइन्। प्रशासनिक एवं प्रक्रियागत ढिलाइकै कारण पीडित परिवारहरू बिमा दाबी र राज्यले दिने राहत सुविधाबाट बञ्चित हुनुपरेको उनको भनाइ थियो।

साथै, अभिभावक गुमाएका बालबालिकाहरू पढाइबाट बञ्चित हुने उच्च जोखिम रहेको भन्दै सांसद तामाङले सरकारले विशेष कर्मचारी खटाएर पीडितको घरघरमै पुगी मृत्यु दर्ता र नाता प्रमाणित प्रमाणपत्र उपलब्ध गराउने व्यवस्था मिलाउन जोडदार माग गरिन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *