भोजपुरमा कांग्रेसको आठ स्थानीय तहमा अधिवेशन सम्पन्न

डिसी नेपाल
८ असोज २०८३ ९:२२

भोजपुर। नेपाली कांग्रेस भोजपुरले जिल्लाका नौ स्थानीय तहमध्ये आठ वटामा अधिवेशन सम्पन्न गरेको छ। भोजपुर नगरपालिकाबाहेक जिल्लाका अन्य सबै स्थानीय तहमा नयाँ नेतृत्व चयन गर्दै अधिवेशन सम्पन्न भएको हो।

नेपाली कांग्रेस भोजपुरका जिल्ला सभापति विनोद वान्तवाका अनुसार बुधबार सम्पन्न अधिवेशनबाट आठ स्थानीय तहमा नयाँ सभापति चयन भएका छन्। अधिवेशनबाट षडानन्द नगरपालिकाको सभापतिमा पदम तामाङ निर्वाचित भएका छन्।

त्यसैगरी पौवादुङमा गाउँपालिकाको सभापतिमा सन्तोष कोइराला, टेम्केमैयुङ गाउँपालिकाको सभापतिमा हर्कराज राई, आमचोक गाउँपालिकाको सभापतिमा निम्नुरी शेर्पा र अरुण गाउँपालिकाको सभापतिमा ज्ञानेन्द्र दाहाल निर्वाचित भएका छन्।

साल्पासिलिछो गाउँपालिकाको सभापतिमा मनराज राई र रामप्रसादराई गाउँपालिकाको सभापतिमा घमचन्द्र दाहाल निर्वाचित भएका छन्। अन्य पदाधिकारी तथा सदस्यहरू पनि अधिवेशनबाट चयन गरिएको कांग्रेस भोजपुरले जनाएको छ।

भोजपुर नगरपालिकामा भने अधिवेशन सम्पन्न हुन बाँकी रहेको छ। बाँकी रहेको नगरपालिकाको अधिवेशन पनि प्रक्रिया पूरा गरी सम्पन्न गरिने कांग्रेस जिल्ला नेतृत्वले जनाएको छ।

स्थानीय तहको अधिवेशनसँगै नेपाली कांग्रेस भोजपुरमा नयाँ नेतृत्व चयनको प्रक्रिया अघि बढेको छ। अधिवेशनबाट निर्वाचित स्थानीय तहका सभापति तथा पदाधिकारीले आगामी दिनमा पार्टीको संगठन विस्तार र स्थानीय तहमा पार्टीका गतिविधिलाई थप प्रभावकारी बनाउने जिम्मेवारी पाउनेछन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *