मौसम प्रतिकूल बनेपछि असोज १३ भित्र क्षेत्रीय अधिवेशन सक्न कांग्रेसको निर्देशन
काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समितिले मौसमको अवस्थालाई ध्यानमा राख्दै असोज १३ गतेभित्र प्रतिनिधि सभा क्षेत्रीय अधिवेशन सम्पन्न गर्न निर्देशन दिएको छ।
देशका विभिन्न स्थानमा भइरहेको भारी वर्षाका कारण अधिवेशन सञ्चालनमा कठिनाइ भएको जानकारी निर्वाचन अधिकृतहरूबाट प्राप्त भएपछि समितिले कार्यतालिकामा लचकता अपनाउँदै समय दिएको हो।
मौसम पूर्वानुमान महाशाखा लगायतका निकायहरूले आगामी केही दिन वर्षा जारी रहने चेतावनी दिँदै उच्च सतर्कता अपनाउन आह्वान गरेकाले, परिस्थिति अनुकूल बनाएर असोज १३ भित्रै अधिवेशन सक्न समितिले भनेको छ।
कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत वडा अधिवेशन प्रायः सम्पन्न भइसकेको छ भने गाउँ तथा नगर अधिवेशनहरू जारी छन्। पार्टीका अनुसार हालसम्म ६६ जिल्लाका ६३० पालिकामा अधिवेशन सम्पन्न भइसकेको छ।

No ads found for this position



डिसी नेपाल
Facebook Comment