नवलपुर १ ‘क’को प्रदेश सभा सह-सचिवमा गंगा कोइराला सर्वसम्मत निर्वाचित

डिसी नेपाल
१३ असोज २०८३ २०:३८

नवलपुर । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत गण्डकी प्रदेशको नवलपुर प्रदेश सभा निर्वाचन क्षेत्र नं. १ ‘क’को सह-सचिव पदमा गंगा कोइराला (धनेश्वरी) सर्वसम्मत निर्वाचित भएकी छन्।

सह-सचिवमा सर्वसम्मत चयन भएपछि प्रतिक्रिया दिँदै कोइरालाले महिला अधिकार तथा राजनीतिमा महिलाको सहभागिता र भूमिकाको ऐतिहासिक पक्षलाई आत्मसात् गर्दै अघि बढ्ने बताइन्। उनले राजनीतिलाई व्यक्तिगत स्वार्थभन्दा माथि उठाएर सदाचार, सेवाभाव र जनउत्तरदायित्वका साथ अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरिन्।

प्राप्त जिम्मेवारीलाई अवसरका रूपमा सदुपयोग गर्दै राजनीतिलाई सुधारोन्मुख दिशातर्फ डोर्‍याउन आफूले निरन्तर महत्त्वपूर्ण र क्रियाशील भूमिका निर्वाह गर्ने विश्वास उनले दिलाएकी छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *