अपहरण भएको आशंका गरिएको विमान तबुकमा अवतरण

डिसी नेपाल
१४ असोज २०८३ १३:४८

काठमाडौं । दुबईबाट तेल अभिभतर्फ उडिरहेको फ्लाईदुबईको विमानले उडानका क्रममा आपतकालीन अवस्थाको घोषणा गर्दै बुधबार साउदी अरबको तबुक विमानस्थलमा अवतरण गरेको छ। विमान अपहरण (हाइज्याकिङ) को सम्भावनालाई भने अस्वीकार गरिएको ‘द टाइम्स अफ इजरायल’ ले जनाएको छ।

रिपोर्टका अनुसार, विमानले “गैरकानुनी हस्तक्षेप” को सङ्केत जारी गर्नुपरेको घटना उडानमा रहेका पाइलटहरूबीचको विवादका कारण भएको इजरायली सुरक्षा स्रोतहरूलाई उद्धृत गर्दै बताइएको छ।

‘द टाइम्स अफ इजरायल’ ले उद्धृत गरेको उडान ट्र्याकिङ तथ्याङ्कअनुसार, उडानले सुरुमा अन्तर्राष्ट्रिय आपत्कालीन सङ्केत ‘स्क्वाक कोड ७७००’ प्रसारण गरेको थियो। त्यसपछि त्यसले ‘कोड ७५००’ पठाएको थियो, जसले विमान अपहरण वा गैरकानुनी हस्तक्षेपलाई जनाउँछ।

७५०० सङ्केत आएपछि इजरायली वायुसेनाका लडाकु विमानहरू उक्त विमानतर्फ उडेका (स्क्र्याम्बल भएका) थिए।

करिब १८० जना यात्रु बोकेको उक्त विमान साउदी अरबमाथि उडिरहेका बेला फर्किएको थियो र पछि तबुक विमानस्थल नजिक ट्र्याक भएपछि त्यहीँ अवतरण गरेको थियो।

इजरायली सेनाले आईडीएफका चिफ अफ स्टाफ लेफ्टिनेन्ट जनरल इयाल जमिरले वायुसेना प्रमुख मेजर जनरल ओमेर टिसलर, अपरेसन डाइरेक्टोरेट प्रमुख मेजर जनरल इट्जिक कोहेन र इन्टेलिजेन्स डाइरेक्टोरेट प्रमुख मेजर जनरल श्लोमी बिन्डरसहितका वरिष्ठ अधिकारीहरूसँग घटनाको समीक्षा गरेको बताएको छ।

यसअघि, इजरायली सुरक्षा स्रोतहरूले विमान साउदी अरबमा अवतरण गरेपछि त्यहाँभित्र के भएको थियो भन्नेबारे स्पष्ट चित्र आउने बताएका थिए।

आपत्कालीन सङ्केतहरू प्रसारण गरेपछि विमान केही समयका लागि उडान ट्र्याकिङ साइटहरूबाट गायब भएको थियो। त्यसैबेला हिब्रू मिडियाले इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहु र रक्षा मन्त्री इजरायल कात्जले आपत्कालीन परामर्श गरिरहेको रिपोर्ट गरेका थिए।

यो घटना यस्तो समयमा भएको हो, जब इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले निर्वाचनअघि इजरायलका शत्रुहरूले हमलाको प्रयास गर्न सक्ने सङ्केतहरू रहेको भन्दै उनीहरूलाई त्यस्तो कदम नचाल्न चेतावनी दिएका थिए। उनले देशको “लामो हात” जुनसुकै समयमा र जहाँसुकै पनि पुग्न सक्ने बताएका थिए।

आईडीएफ वायुसेनाको तेल नोफ बेसमा बोल्दै नेतान्याहुले आफ्ना लडाकुहरूको प्रयासबाट हासिल भएका उपलब्धिहरू छाड्न र पछि हट्न इजरायलमाथि दबाब आइरहेको बताएका थिए।

उनले भनेका थिए, “अत्यन्तै ठूला उपलब्धिहरू भएका छन्, तर धेरै ठूलो दबाब पनि छ – पछि हट्न र हाम्रा लडाकुहरूको वीरताबाट प्राप्त महान् उपलब्धिहरू त्याग्नका लागि दबाब छ। म त्यसो हुन दिइरहेको छैन र हुन दिने पनि छैन। अनि अर्को कुरा: निर्वाचनअघि हाम्रा शत्रुहरूले हामीमाथि हमला गर्ने प्रयास गर्नेछन् भन्ने सङ्केतहरू हामीसँग छन्। त्यसैले यहाँबाट, यो वायुसेना बेसबाट, इजरायल राज्यको लामो हातबाट, मेरो उनीहरूलाई एउटा सन्देश छ: हामीसँग निहुँ नखोज्नुहोस् – न अहिले, न कहिल्यै। हाम्रो लामो हात जहाँसुकै, जुनसुकै बेला तपाईँहरूसम्म पुग्नेछ।”


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *