नेप्सेमा २०.४८ अंकको गिरावट, ३ अर्ब २७ करोडको कारोबार
काठमाडौं। नेप्सेमा आज गिरावट आएको छ। आज सोमबार नेप्से २०.४८ अंकले घटेर २५६६.७६ विन्दुमा पुगेर रोकिएको छ।
आज ३५९ कम्पनिका ९० लाख ३ हजार ३८८ कित्ता शेयर ३ अर्ब २७ करोड ९५ लाख ९ हजार ८३६ मा कारोबार भएको थियो। आज ट्रेडिङ बाहेक सबै क्षेत्रको शेयर मुल्य घटेको छ।
आज, सबैभन्दा बढी स्ट्यान्डर्ड चार्टर्ड बैंक डिभेन्चरको शेयर ५.७५ प्रतिशतले बढेको छ भने नेपाल एसबिआई बैंक डिभेन्चरको शेयर ४.९८ प्रतिशतले बढेको छ। त्यस्तै आज सबै भन्दा बढी त्रिशुली जलविद्युतको शेयर ५.८४ प्रतिशतले घटेको छ।
त्यस्तै आज सबै भन्दा बढी घलेम्डि हाइड्रोको २२ करोड ८६ लाख बराबरको कारोबार भएको छ भने हाथवे इन्भेस्टमेन्टको ८ करोड ४९ लाख बराबरको कारोबार भएको छ।
No ads found for this position
प्रतिक्रिया



डिसी नेपाल
Facebook Comment