यौन शोषणको आरोप लगाउने तनुश्री दत्ताले नाना पाटेकरको निधनपछि के भनिन् ?
काठमाडौं । अक्टोबर ८ को दिन चलचित्र जगत्का लागि अत्यन्तै पीडादायी साबित भयो। वरिष्ठ तथा प्रभावशाली अभिनेता नाना पाटेकरको असामयिक निधनले सम्पूर्ण बलिउड स्तब्ध बनेको छ। नाना बलिउडका एक निडर र प्रखर अभिनेता थिए। उनका संवाद र प्रस्तुतिमा यस्तो वजन हुन्थ्यो कि सुन्ने जोकोही स्तब्ध हुन्थे। तर, अफसोस! बलिउडका ती सशक्त आवाज सधैँका लागि मौन बनेका छन्।
नानाको निधनको खबरले उनका करोडौँ शुभचिन्तकहरूलाई भावविह्वल बनाएको छ। सिङ्गो देश नै अहिले उनको शोकमा डुबेको छ र बलिउडले आफ्नो एउटा ‘कोहिनुर’ गुमाएको छ। यसैबिच, नाना पाटेकरको निधनमा अभिनेत्री तनुश्री दत्ता पनि प्रतिक्रिया दिएकी छन्।
तनुश्रीले आफ्नो इन्स्टाग्राम स्टोरीमा एक भिडियो पोस्ट गर्दै भनेकी छन्, ‘मैले समाचार सुनेकी छु। आज मेरो कामको दिन हो। म एउटा कार्यक्रमका लागि लखनउ जाँदै छु र म केवल त्यसमै ध्यान केन्द्रित गर्न चाहन्छु। लखनउमा मेरो निकै ठुलो र महत्त्वपूर्ण कार्यक्रम छ र मेरो पूरा दिनको तालिका तय भइसकेको छ। म पोस्ट गर्नेछु, लाइभ पनि आउनेछु। मलाई अहिले चिन्ता छ कि सम्पूर्ण मिडिया यतिबेला ‘इभिल डेड’ लाई कभर गर्नमा व्यस्त हुनेछ। त्यसैले म आफ्नो प्रतिक्रिया दिनेछु। म अहिले सोचिरहेकी छु कि कस्तो प्रतिक्रिया दिऊँ। परिवारप्रति मेरो सहानुभूति छ।’
नाना पाटेकर साधारण र सादगीपूर्ण जीवन शैलीका लागि परिचित भए तापनि उनीसँग विवादहरू पनि जोडिएका थिए। सन् २०१८ मा चलेको #MeToo अभियानका क्रममा तनुश्री दत्ताले नाना पाटेकरमाथि यौन उत्पीडन र अभद्र व्यवहारको गम्भीर आरोप लगाएकी थिइन्। सन् २००८ मा बनेको चलचित्र ‘हर्न ओके प्लिज’ को एउटा गीतको सुटिङका क्रममा नानाले आफूमाथि गलत व्यवहार गरेको र डान्स स्टेप सिकाउने बहानामा अस्वाभाविक रूपमा छोएको दाबी तनुश्रीले गरेकी थिइन्।
नाना पाटेकरले तनुश्रीका यी आरोपहरूलाई निरन्तर अस्वीकार गर्दै ती दाबीहरू झुटा र निराधार रहेको बताउँदै आएका थिए। प्रहरी अनुसन्धानका क्रममा पर्याप्त प्रमाण नभेटिएको बताइएको थियो भने सन् २०२५ मा मजिस्ट्रेट अदालतले पनि नाना विरुद्ध दर्ता भएको सो उजुरीलाई खारेज गरिदिएको थियो।
७५ वर्षको उमेरमा पनि काफी फिट रहेका नाना पाटेकरलाई बिहीबार बिहान गोवास्थित आफ्नै निवासमा गम्भीर हृदयाघात भएको थियो। त्यसलगत्तै उनलाई अस्पताल लगिएको भए तापनि बिहान ५:२० बजे चिकित्सकहरूले उनलाई मृत घोषित गरेका थिए।
No ads found for this position



डिसी नेपाल
Facebook Comment