पार्टीबाट निष्कासनपछि भोजपुरकी उपप्रमुख शेर्पाको राजीनामा

डिसी नेपाल
२२ असोज २०८३ १३:१२
124
Shares

भोजपुर। भोजपुर नगरपालिकाकी उपप्रमुख निर्मला शेर्पाले पदबाट राजीनामा दिएकी छन्।

आफू आबद्ध नेकपा (एमाले)ले साधारण सदस्यसमेत नरहने गरी पार्टीबाट निष्कासन गरेपछि नैतिकताका आधारमा उपप्रमुख पदबाट राजीनामा दिएको उनले बताइन्।

यसैगरी, नेकपा (एमाले)बाट निर्वाचित भोजपुर नगरपालिका-८ का वडाध्यक्ष नवीन प्रधानले पनि पदबाट राजीनामा दिएका छन्।

उनलाई पनि पार्टी हितविपरीत काम गरेको भन्दै एमालेले कारबाही गरेको थियो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *