नेप्सेमा सामान्य वृद्धि, ३ अर्ब ९३ करोडको कारोबार

डिसी नेपाल
२२ असोज २०८३ १५:४१
8
Shares

काठमाडौं। नेप्सेमा आज सामान्य वृद्धि भएको छ। आज विहिबार नेप्से २.३१ अंकले बढेर २५७४.६५ विन्दुमा पुगेर रोकिएको छ।

आज ३५४ कम्पनिका एक करोड १२ लाख ३३ हजार ६३६ कित्ता शेयर ३ अर्ब ९३ करोड ५ लाख ६० हजार ९५२ मा कारोबार भएको थियो। आज फाइनान्स, होटल्स, जीवन बीमा, माइक्रो फाइनान्स र अन्य बाहेक सबै क्षेत्रको शेयर मुल्य बढेको छ।

आज, सबैभन्दा बढी कुथेली बुखारी स्माल हाइड्रोको शेयरमा सकारात्मक सर्किट लागेको छ भने स्नो रिभर्सको ६.४० प्रतिशतले बढेको छ। त्यस्तै आज सबै भन्दा बढी आरबिबी म्युचुअल फण्ड २ को शेयर ८.०७ प्रतिशतले घटेको छ।

त्यस्तै आज सबै भन्दा बढी घलेम्दी हाइड्रोको २६ करोड ६ लाख बराबरको कारोबार भएको छ भने हिलाम दोलखा हाइड्रोको १९ करोड २३ लाख बराबरको कारोबार भएको छ।

 


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *