१० लाख घुस लिएका नापी अधिकृतविरुद्ध मुद्दा दायर

डिसी नेपाल
२२ असोज २०८३ १६:३९
8
Shares

काठमाडौं। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी कार्यालय डिल्लीबजारअन्तर्गत ३ नम्बर नापी टोली, माछापोखरीका नापी अधिकृत डिल्लीबहादुर वलीविरुद्ध १० लाख रुपैयाँ घुस लिएको आरोपमा विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरेको छ।

आयोगका अनुसार छुट जग्गा दर्ताको सिफारिससहितको फाइल तथा आवश्यक कागजात भूमि प्रशासन कार्यालय, मनमैजुमा पठाइदिने र जग्गा दर्ताको काममा सहजीकरण गरिदिने भन्दै वलीले सेवाग्राहीसँग १० लाख रुपैयाँ घुस मागेका थिए।

उजुरीका आधारमा खटिएको अख्तियारको टोलीले वलीलाई घुस रकम लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको थियो। अनुसन्धानबाट उनले १० लाख रुपैयाँ घुस लिएको पुष्टि भएको भन्दै आयोगले भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम कैद र बिगो बराबर जरिवानाको मागदाबी गरेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *