ऊर्जामन्त्री श्रेष्ठको पहल: घरबाटै बिजुलीको बिल तिर्दा पाइने भयो थप छुट

डिसी नेपाल
२२ असोज २०८३ १९:४८
440
Shares

काठमाडौं। विद्युत् महसुल बुझाउन कार्यालय धाउनुपर्ने बाध्यता अन्त्य गर्दै डिजिटल माध्यमलाई प्रोत्साहन गर्न नेपाल विद्युत् प्राधिकरणले घरेलु ग्राहकका लागि थप सहुलियत योजना ल्याएको छ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठको विशेष पहलपछि प्राधिकरण सञ्चालक समितिले अनलाइनमार्फत महसुल बुझाउने ग्राहकलाई पहिलो चरणमा ६ महिनाका लागि थप ०.५० प्रतिशत ‘स्मार्ट पे रिवार्ड’ उपलब्ध गराउने निर्णय गरेको हो।

यसअघि मिटर रिडिङ भएको सात दिनभित्र महसुल तिर्दा पाइने २ प्रतिशत छुट यथावत् राखिँदै जुनसुकै समयमा अनलाइन भुक्तानी गर्ने घरेलु ग्राहकलाई थप ०.५० प्रतिशत रिवार्ड दिइनेछ। ग्राहकलाई काउन्टरसम्म बोलाउनुभन्दा सेवा ग्राहककै हातसम्म पुर्‍याउने, समय र खर्चको बचत गराउने तथा वित्तीय पारदर्शिता बढाउने उद्देश्यले यो कदम चालिएको ऊर्जामन्त्री श्रेष्ठले बताए।

प्राधिकरणका १२९ वितरण केन्द्रअन्तर्गतका ६५५ काउन्टरमा ९३२ कर्मचारी कार्यरत छन्, जसको सञ्चालनमा मात्रै वार्षिक करिब ५९ करोड ७९ लाख रुपैयाँ खर्च भइरहेको छ।

डिजिटल भुक्तानीको विस्तारसँगै काउन्टर सञ्जाल घटाएर ३६७ मा सीमित गर्न सकिने र यसबाट वार्षिक करिब २६ करोड २९ लाख रुपैयाँ प्रशासनिक खर्च बचत हुने प्राधिकरणको अध्ययनले देखाएको छ।

गत आर्थिक वर्ष २०८२/८३ मा विद्युत् बिक्रीबापतको कुल रकममध्ये करिब ४० अर्ब ९९ करोड रुपैयाँ मात्र अनलाइनमार्फत संकलन भएको थियो। ५९ लाखभन्दा बढी ग्राहकमध्ये हाल मासिक औसत १७ लाख मात्र अनलाइन प्रणालीमा आबद्ध रहेको अवस्थामा नयाँ सहुलियत योजनाले थप नागरिकलाई प्रविधिसँग जोड्ने अपेक्षा


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *