कांग्रेसको मतदानको समय थप, साँझ ५ बजेसम्म हुने
काठमाडौं। नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमिति चयनका लागि मतदान साँझ ५ बजेसम्म हुने भएको छ। केन्द्रीय निर्वाचन समितिले दिउसो ३ बजेसम्म तोकेको समयलाई साँझ ५ बजेसम्म बढाएको जानकारी दिएको छ।
आज बिहानदेखि जारी मतदानमा साढे १२ बजेसम्मको अपडेट अनुसार २६४४ मत खसेको थियो।
कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमितिका पदाधिकारी तथा सदस्य चयनका लागि मतदान भइरहेको छ।
प्रतिनिधिहरूको सहजताका लागि प्रदेश र प्रतिनिधित्वको आधारमा छुट्टाछुट्टै मतदान केन्द्रको व्यवस्था गरिएको छ। जस अनुसार राष्ट्रिय सभागृह, खुलामञ्च र प्रज्ञा भवनमा मतदान केन्द्र तोकिएको छ।
No ads found for this position
प्रतिक्रिया



डिसी नेपाल
Facebook Comment