कांग्रेस महाधिवेशन: दिउँसो २:३० बजेसम्म ३७५४ मत खस्यो

डिसी नेपाल
२३ असोज २०८३ १५:२१
4
Shares

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमिति चयनका लागि मतदान जारी छ। केन्द्रीय निर्वाचन समितिका अनुसार दिउँसो २:३० बजेसम्म ३७५४ मत खसेको छ।

निर्वाचन समितिले सार्वजनिक गरेको विवरणअनुसार कोशी प्रदेशमा ६१३, मधेसमा ५९०, सुदूरपश्चिम, कर्णाली र जनसम्पर्क समितितर्फका ७३३ जना, लुम्बिनीमा५७९, गण्डकीमा ५०७ र बागमतीमा ७३२ जनाले मतदान गरेका छन्।

यस महाधिवेशनमा मतदान गर्ने प्रतिनिधि ७ हजार ३१७ जना रहेका छन्। कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमितिका पदाधिकारी तथा सदस्य चयनका लागि मतदान भइरहेको छ। निर्वाचन समितिले साँझ ५ बजेसम्मका लागि मतदानको समय तोकेको छ।

प्रतिनिधिहरूको सहजताका लागि प्रदेश र प्रतिनिधित्वको आधारमा छुट्टाछुट्टै मतदान केन्द्रको व्यवस्था गरिएको छ। जस अनुसार राष्ट्रिय सभागृह, खुलामञ्च र प्रज्ञा भवनमा मतदान केन्द्र तोकिएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *