भोटेकोसी बाढीपीडितका लागि एसडीएन र चाँगुनारायण फाउन्डेसनद्वारा १ करोड सहयोग
काठमाडौं। सामाजिक विकास नेपाल (एसडीएन), द नेदरल्यान्ड्स र चाँगुनारायण फाउन्डेसन (सीएनएफ) ले भोटेकोसी बाढी तथा त्यसबाट प्रभावित क्षेत्रका पीडितका लागि १ करोड रुपैयाँ सहयोग गरेका छन्।
१० भदाैमा भोटेकोसी नदी तथा आसपासका क्षेत्रमा आएको बाढीबाट रसुवा, नुवाकोट, धादिङलगायत जिल्लामा जनधन, सम्पत्ति र महत्त्वपूर्ण पूर्वाधारमा क्षति पुगेको भन्दै संस्थाहरूले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा उक्त रकम प्रदान गरेका हुन्।
उक्त रकमको चेक चाँगुनारायण फाउन्डेसनका अध्यक्ष मनिराज खत्री लगायतको टोलीले शिक्षामन्त्री सस्मित पोखरेललाई हस्तान्तरण गरेको हो।
यसका साथै एसडीएन र सीएनएफले रसुवाका छनोट गरिएका विपत् प्रभावित क्षेत्रमा ‘कला र उत्थानशीलतामार्फत उपचार’ नामक आकस्मिक मनोसामाजिक तथा सामुदायिक सहयोग कार्यक्रम सञ्चालन गर्ने तयारी गरेका छन्।
कार्यक्रममा कला आधारित गतिविधिमार्फत विद्यार्थी, शिक्षक तथा समुदायका सदस्यलाई भावनात्मक तथा मनोसामाजिक सहयोग प्रदान गरिने जनाइएको छ।
संस्थाहरूले विपत् प्रतिकार्य, पुनःस्थापना, पुनर्निर्माण, उत्थानशीलता निर्माण र दिगो विकासका क्षेत्रमा आगामी दिनमा पनि सरकार तथा स्थानीय तहलाई सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्।
No ads found for this position



डिसी नेपाल
Facebook Comment