उदयपुरमा पिकअपमा सिटी सफारी ठोक्किँदा दुई वर्षीया बालिकाको मृत्यु
उदयपुर। उदयपुरको त्रियुगा नगरपालिका–११ स्थित फिल्म हल नजिक मदन भण्डारी लोकमार्गमा पिकअप जिपमा सिटी सफारी ठोक्किँदा दुई वर्षीया बालिकाको मृत्यु भएको छ भने ७० वर्षीया वृद्धा घाइते भएकी छन्।
आज बिहान करिब १०:२५ बजे आँखा अस्पतालबाट मेनचोकतर्फ जाँदै गरेको पानी बोकेको को.प्र.०५–००१ च ०१९० नम्बरको पिकअपमा सोही दिशाबाट आएको को.प्र.०५–००१ ह ०८७६ नम्बरको सिटी सफारी पछाडिबाट ठोक्किएको थियो।
दुर्घटनामा त्रियुगा नगरपालिका–११ निवासी शिवकुमार सदाकी दुई वर्षीया छोरी रागिनी सदा गम्भीर घाइते भएकी थिइन्। उनलाई जिल्ला अस्पताल उदयपुर पुर्याइएकोमा दिउँसो १२:५६ बजे उपचारका क्रममा मृत्यु भएको हो। घाइते ७० वर्षीया कन्नि सदाको सोही अस्पतालमा उपचार भइरहेको छ।
दुर्घटनापछि प्रहरीले दुवै सवारीसाधन र चालकलाई नियन्त्रणमा लिएको छ। प्रारम्भिक अनुसन्धानमा सिटी सफारी चालकले मादक पदार्थ सेवन गरेको र आवश्यक कागजात साथमा नराखेको खुलेको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको छ।
No ads found for this position



डिसी नेपाल
Facebook Comment