सम्पादक, समालोचक एवम् कवि सुभाषचन्द्र भण्डारी सम्मानित

डिसी नेपाल
२५ असोज २०८३ १२:४८
20
Shares

काठमाडौं। नेपाली साहित्य सिर्जना, समालोचना तथा सम्पादनका क्षेत्रमा लामो समयदेखि सक्रिय कवि, सम्पादक एवम् समालोचक सुभाषचन्द्र भण्डारी सम्मानित भएका छन्।

शनिबार काठमाडौंमा आयोजित साहित्यकार यज्ञराज जोशीको कथासङ्ग्रह ‘बैसाखी’ को लोकार्पण समारोहमा भण्डारीलाई ताम्रपत्र र दोसल्लासहित सम्मान गरिएको हो।

काठमाडौंस्थित भ्याली भ्यु स्कुलका प्राचार्यसमेत रहेका भण्डारीले नेपाली साहित्यको सम्पादन र समालोचनाका क्षेत्रमा लामो समयदेखि महत्त्वपूर्ण योगदान पुर्‍याउँदै आएको भन्दै शिखा बुक्स, काठमाडौंले उनलाई सम्मान गरेको जनाएको छ।

कथासङ्ग्रह लोकार्पण समारोहमा प्रमुख अतिथि प्रा.डा. महादेव अवस्थी तथा वरिष्ठ समालोचक ज्ञानु अधिकारीलगायतका साहित्यकारहरूले लोकार्पित कृति ‘बैसाखी’ माथि समालोचनात्मक मन्तव्य प्रस्तुत गरेका थिए। कार्यक्रममा कृतिको साहित्यिक पक्ष, कथावस्तु तथा यसको सान्दर्भिकतामाथि समेत चर्चा गरिएको थियो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *