कांग्रेसको मतगणना अपडेट : उपसभापति र महामन्त्रीमा कसले कति मत पाए?

डिसी नेपाल
२५ असोज २०८३ १८:५४
280
Shares

काठमाडौं। नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत उपसभापति र महामन्त्री पदको मतगणना सुस्त देखिएको छ। केन्द्रीय निर्वाचन समितिले दिएको पछिल्लो अपडेट अनुसार ४१०० मत गणना भएको छ।

पछिल्लो अपडेटअनुसार खुलातर्फको उपसभापतिमा डा. चन्द्र भण्डारीले २०४५ मत प्राप्त गरेका छन् भने मधु आचार्यले १२७८ मत प्राप्त गरेका छन्। त्यस्तै गोविन्द भट्टराईले १०९१ मत, सुरेन्द्रराज पाण्डेले १०६५ मत, पाएका छन् भने धनराज गुरुङले ९०८ मत, दीपक गिरीले ५७९ मत र डा. चन्द्रमोहन यादवले ३३५ मत प्राप्त गरेका छन्।

त्यस्तै उपसभापति (समावेशी) तर्फ विनोदकुमार चौधरीले १०२६ मतसहित अग्रता लिएका छन् भने जीवन परियारले ९७९ मत, फरमुल्लाह मंसुरले ५६५ मत, सीता गुरुङले ६७६ मत र रञ्जित कर्णले ३११ मत प्राप्त गरेका छन्।

त्यस्तै, महामन्त्री (खुला) तर्फको मतगणनामा प्रदीप पौडेलले सबैभन्दा बढी २३९१ मत प्राप्त गरेका छन्। त्यस्तै, उदयशमशेर राणाले १३३३ मत, सुनिलकुमार शर्माले ११७५ मत, अमरसिंह पुन मगरले ८८७ मत, गुरुराज घिमिरेले ८२३ मत, नैनसिंह महरले ५३९ मत, शंकर तिवारीले ८२ मत र डा. सन्तोष उपाध्यायले ५७ मत प्राप्त गरेका छन्।

त्यसैगरी, महामन्त्री (महिला) तर्फ डा. डिला संग्रौला (पन्त) ले १८१६ मत प्राप्त गरेकी छन् भने महालक्ष्मी उपाध्याय (डिना)ले १६३१ मत प्राप्त गरेकी छन्। त्यस्तै रीता खनालले ४२० मत पाएकी छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *