विश्वकप लिग–२ मा नेपालले आज ओमानसँग खेल्दै, जित निकाल्ने लक्ष्य
KLANG, MALAYSIA - SEP 06: Pictures from the match between Nepal and Saudi Arabia held at the Bayuemas Oval on September 06, 2026 in Klang, Selangor, Malaysia. (Photo by Peter Lim/PhotoDesk.com.my) for Asian Cricket Council
काठमाडौं । आइसिसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नेपालले आज घरेलु टोली ओमानसँग प्रतिस्पर्धा गर्दैछ। मस्कटस्थित अल अमरात क्रिकेट मैदानमा हुने खेल नेपाली समयअनुसार बिहान ११ः१५ बजे सुरु हुनेछ।
जारी शृङ्खलामा नेपाल र ओमान दुवै लगातार दोस्रो जित निकाल्ने लक्ष्यसहित मैदानमा उत्रिँदैछन्। नेपालले आफ्नो पहिलो खेलमा क्यानडालाई २४ रनले पराजित गरेको थियो। यस्तै, ओमानले पनि क्यानडाविरुद्ध ४१ रनको जित निकालेको थियो।
पहिलो खेलमा जित निकालेको नेपाल आजको खेलमा पनि सफलता हासिल गर्दै अङ्क तालिकामा आफ्नो स्थिति सुधार गर्न चाहन्छ। एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता जोगाउने लक्ष्यमा रहेको नेपालका लागि यो खेल महत्वपूर्ण मानिएको छ।
हाल अङ्क तालिकामा ओमान चौथो र नेपाल छैटौँ स्थानमा छन्। आइसिसीको नियमअनुसार विश्वकप लिग–२ को अन्तिम तालिकामा शीर्ष छ स्थानमा रहने टोलीले आफ्नो एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता जोगाउनेछन्। पुछारका दुई टोलीले भने मान्यता जोगाउन विश्वकप क्वालिफायर प्लेअफ खेल्नुपर्नेछ।
त्यसैले नेपालका लागि ओमानविरुद्धको आजको खेल जित निकाल्ने मात्र नभई एकदिवसीय मान्यता सुरक्षित गर्ने यात्रामा महत्वपूर्ण अङ्क जोड्ने अवसरसमेत हुनेछ।
No ads found for this position



डिसी नेपाल
Facebook Comment