काठमाडौँ उपत्यकामा २४ घण्टामा ६५८ सवारीसाधन कारबाहीमा, मादक पदार्थ सेवन र तीव्र गति प्रमुख कारण
काठमाडाैं। काठमाडौं उपत्यकामा ट्राफिक नियम उल्लंघन गर्ने ६५८ सवारीसाधनमाथि कारबाही गरिएको छ।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार २०८३ असोज २८ गते बिहान ६ बजेसम्मको २४ घण्टाको अवधिमा सो सङ्ख्यामा सवारीसाधनलाई कारबाही गरिएको हो।
कारबाहीमा पर्नेहरूमा मादक पदार्थ सेवन (मापसे) गरी सवारीसाधन चलाउने ४७, तीव्र गतिमा हाँक्ने ६६ र सिसिटिभी फुटेजमार्फत पहिचान गरिएका २३ सवारीसाधन रहेका छन्।
यसैगरी, ट्राफिक बत्तीको इशारा उल्लंघन गर्ने २३, यान्त्रिक अवस्था ठीक नभएका ३१, लेन अनुशासन पालना नगर्ने नौ, अनावश्यक रूपमा हर्न बजाउने आठ र एकतर्फी (वान-वे) सडकमा नियम मिच्ने दुई सवारीसाधनमाथि पनि कारबाही गरिएको छ।
यस्तै अन्य विभिन्न प्रकारका ट्राफिक नियम उल्लङ्घन गर्ने ४४९ सवारीसाधनलाई नियन्त्रणमा लिई कारबाही गरिएको ट्राफिक प्रहरीले जनाएको छ।
No ads found for this position



डिसी नेपाल
Facebook Comment