परदेशमा रहेका नेपाली श्रमिकको जीवनमा खुसीका किरण छाउन् : एनआरएनए उपाध्यक्ष सन्तोष पौडेल
काठमाडौं। गैरआवासीय नेपाली संघ (एनआरएनए) का उपाध्यक्ष एवम् कतारका श्रमिक एडभाइजर सन्तोष पौडेलले नेपालीहरूको महान् चाडपर्वहरू बडादशैँ, शुभदीपावली (तिहार) तथा छठ पर्वको पावन अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीहरूमा हार्दिक मंगलमय शुभकामना दिएका छन्।
शुभकामना सन्देश जारी गर्दै पौडेलले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली, आफन्तजन, मित्रवर्ग एवं शुभेच्छुकहरूमा सुख, शान्ति, समृद्धि, सु-स्वास्थ्य र उत्तरोत्तर प्रगतिको कामना गरेका छन्।
हाम्रा मौलिक संस्कृति, परम्परा, आपसी सद्भाव, प्रेम, एकता र भाइचारालाई यस्ता सांस्कृतिक पर्वहरूले अझ प्रगाढ बनाउँदै परिवार तथा समाजमा खुसी र उमङ्ग छर्न मद्दत पुर्याउने विश्वास उनले व्यक्त गरेका छन्।
खासगरी परदेशमा पसिना बगाइरहेका नेपाली श्रमिकहरूको योगदानको स्मरण गर्दै पौडेलले उनीहरूको जीवनमा पनि खुसीका किरणहरू छाऊन् भन्ने कामना गरेका छन्।
वैदेशिक रोजगारीका क्रममा घरपरिवारबाट टाढा रहेका दाजुभाइ तथा दिदीबहिनीहरूका लागि पुनर्मिलनको अवसर जुट्न सकोस् भन्दै हरेक घरआँगनमा सुख, शान्ति र समृद्धिको दीप प्रज्वलित हुने अपेक्षा उनले व्यक्त गरेका छन्।
यसैगरी, समाजमा आपसी विश्वास, सहिष्णुता र मानवताको भावना अझ बलियो बन्नुपर्नेमा जोड दिँदै पौडेलले विजयादशमीले सत्य र सदाचारको विजयको सन्देश दिने, दीपावलीले जीवनमा उज्यालो र आशा थप्ने तथा छठ पर्वले श्रद्धा, आस्था र सकारात्मक ऊर्जाको सञ्चार गर्ने बताएका छन्।
उनकाे सन्देश-
दशैँ, तिहार तथा छठ पर्वको हार्दिक मंगलमय शुभकामना ।
नेपालीहरूको महान् पर्व बडादशैँ, शुभदीपावली (तिहार) तथा छठ पर्वको पावन अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ, दिदीबहिनी, आफन्तजन, मित्रवर्ग एवं शुभेच्छुकहरूमा सुख, शान्ति, समृद्धि, सु-स्वास्थ्य र उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु।
यी पर्वहरूले हाम्रो मौलिक संस्कृति, परम्परा, आपसी सद्भाव, प्रेम, एकता र भाइचारालाई अझ प्रगाढ बनाउँदै परिवार तथा समाजमा खुसी र उमङ्ग छर्न सकून्। परदेशमा पसिना बगाइरहनुभएका नेपाली श्रमिकहरूका जीवनमा पनि खुसीका किरणहरू छाऊन्।
टाढा रहेका परिवारजनसँग पुनर्मिलनको अवसर जुटोस्। हरेक घरआँगनमा सुख, शान्ति र समृद्धिको दीप प्रज्वलित होस्। समाजमा आपसी विश्वास, सहिष्णुता र मानवताको भावना अझ बलियो बनोस्।
विजयादशमीले सत्य र सदाचारको विजयको सन्देश देओस्, दीपावलीले जीवनमा उज्यालो र आशा थपोस् अनि छठ पर्वले श्रद्धा, आस्था र सकारात्मक ऊर्जाको सञ्चार गरोस्।
सबैको जीवनमा नयाँ उत्साह, नयाँ उमङ्ग र नयाँ सम्भावनाहरूको ढोका खुलोस्। दशैँ, तिहार तथा छठ पर्वको हार्दिक मंगलमय शुभकामना!
सन्तोष पौडेल उपाध्यक्ष गैरआवासीय नेपाली संघ तथा श्रमिक एडभाइजर कतार ।
No ads found for this position



डिसी नेपाल
Facebook Comment