नेप्सेमा २१.३२ अंकको वृद्धि, ४ अर्ब १३ करोडको कारोबार

डिसी नेपाल
२८ असोज २०८३ १६:२१
8
Shares

काठमाडौं। नेप्सेमा आज वृद्धि भएको छ। आज बुधबार नेप्से २१.३२ अंकले बढेर २६२१.२६ विन्दुमा पुगेर रोकिएको छ।

आज ३५४ कम्पनिका एक करोड १६ लाख ७४ हजार २०९ कित्ता शेयर ४ अर्ब १३ करोड ६१ लाख ६१ हजार ३३१ मा कारोबार भएको थियो। आज सबै क्षेत्रको शेयर मुल्य घटेको छ।

आज, सबैभन्दा बढी एसबीएल डिभेन्चरको शेयर १३.२१ प्रतिशतले बढेको छ भने नेपाल एसबीआई बैंक डिभेन्चरको शेयर पनि ८.१८ प्रतिशतले बढेको छ। त्यस्तै आज सबै भन्दा बढी सगरमाथा जलविद्युतको शेयरमा ६.३२ प्रतिशतले घटेको छ।

त्यस्तै आज सबै भन्दा बढी कुमारी बैंकको २६ करोड ४६ लाख बराबरको कारोबार भएको छ भने घलेम्दी हाइड्रोको २१ करोड ६० लाख बराबरको कारोबार भएको छ।

 


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *