म्याक्स टाइगरको ‘दशैं धमाका’ : थप दुई जनाले जिते स्कुटर र मोटरसाइकल

डिसी नेपाल
२९ असोज २०८३ १३:०५
12
Shares

काठमाडौं। बडादशैंको रौनक सँगसँगै म्याक्स टाइगर इनर्जी ड्रिंकको ‘एनर्जाइज्ड दशैं धमाका २०२६’ अभियानले उपभोक्तामाझ झन् ठूलो उत्साह थपेको छ। अभियानअन्तर्गत बुटवलका नरबहादुर ठोकरले यामाहा रे जेडआर स्कुटर र धनगढीका मोहन श्रेष्ठले यामाहा एफजेड एफआई मोटरसाइकल जित्न सफल भएका छन्।

एक क्यान इनर्जी ड्रिंकको खरिदमा अप्रत्याशित रूपमा जीवनकै पहिलो ठूलो पुरस्कार हात पारेपछि बुटवलका नरबहादुर ठोकरको दसैँ उत्सव थप स्मरणीय बनेको छ।

यसअघि बनेपाका कुमार राज र धादिङको गल्छीका संजोग रिमालले यामाहा एफजेड एफआई मोटरसाइकल तथा सुर्खेतका किशोर जंग शाहले यामाहा रे जेडआर स्कुटर जितिसकेका छन्। पछिल्ला दुई विजेता थपिएसँगै हालसम्म तीन जनाले मोटरसाइकल र दुई जनाले स्कुटर गरी कुल पाँच जना भाग्यशाली उपभोक्ताले पुरस्कार प्राप्त गरिसकेका छन्।

‘एनर्जाइज्ड दशैं धमाका २०२६’ अभियानअन्तर्गत कुल १८ जनालाई यामाहा एफजेड एफआई मोटरसाइकल र १८ जनालाई यामाहा रे जेडआर स्कुटर प्रदान गरिनेछ। यसका साथै, अभियानको सबैभन्दा ठूलो आकर्षणको रूपमा रहेको बम्पर पुरस्कार—’प्रोटोन कार’को भाग्यशाली विजेता घोषणा हुन भने बाँकी नै छ।

कम्पनीका अनुसार हालसम्म पाँच जना विजेता सार्वजनिक भइसकेका छन् भने अझै ३१ वटा स्कुटर तथा मोटरसाइकल र एउटा बम्पर प्रोटोन कार जित्ने अवसर उपभोक्ताहरूका लागि खुला रहेको छ। देशका विभिन्न भागमा पुरस्कार पुगेसँगै अभियानप्रति उपभोक्ताको आकर्षण र उत्सुकता थप बढेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *