आरुघाट पुल मर्मत तीव्र, दसैँअघि बेलिब्रिज राख्ने तयारी

डिसी नेपाल
२९ असोज २०८३ १६:०४
8
Shares

गोरखा । बूढीगण्डकी नदीमा गत असोज २५ गते आएको बाढीले क्षतिग्रस्त बनेको गोरखा र धादिङ जोड्ने आरुघाट पुलको मर्मत कार्य तीव्र गतिमा अघि बढाइएको छ। बाढीका कारण भत्किएको पुलको खण्डमा अस्थायी रूपमा बेलिब्रिज जडान गर्नका लागि अहिले बेस (जग) निर्माणको काम भइरहेको छ।

स्थानीय बासिन्दाको आवागमनलाई सहज बनाउने उद्देश्यले विजयादशमीअघि नै बेलिब्रिज राखिसक्ने गरी तीव्र तयारी गरिएको सम्बन्धित पक्षले जनाएको छ।

कुल ८५ मिटर लामो उक्त पुलको २५ मिटर आरसीसी भागमध्ये गोरखातर्फको २२ मिटर भाग बाढीले बगाएको थियो। यद्यपि, पुलको बाँकी ६० मिटर लामो ट्रस भाग भने सुरक्षित अवस्थामै रहेको छ।

बाढीले पुलमा पुर्‍याएको क्षतिका कारण गोरखा र धादिङबीचको प्रत्यक्ष यातायात तथा पैदल आवागमन अवरुद्ध हुँदा सर्वसाधारणले सास्ती भोग्दै आएका छन्। निर्धारित समयमै बेलिब्रिज जडान सम्पन्न भएपछि दुई जिल्लाबीचको आवागमन पुनः सहज हुने अपेक्षा गरिएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *