मधेश सरकारबाट एमाले बाहिरियो, चार मन्त्रीले दिए राजीनामा
काठमाडौं। मधेश प्रदेश सरकारबाट नेकपा एमाले बाहिरिएको छ। एमालेबाट सरकारमा सहभागी चार जना मन्त्रीले आज मुख्यमन्त्री कृष्णप्रसाद यादवसमक्ष राजीनामापत्र बुझाएका छन्। एमालेले सरकारलाई दिएको समर्थनसमेत फिर्ता लिएको छ।
एमालेका मन्त्रीहरूले राजीनामा दिएर सरकारबाट समर्थन फिर्ता लिएको पार्टीका प्रमुख सचेतक हरिनारायण महतोले जानकारी दिएका हुन्।
राजीनामा दिनेमा श्रम तथा यातायातमन्त्री शारदादेवी थापा, खेलकुद तथा समाजकल्याणमन्त्री लखनदास, भौतिक पूर्वाधार विकासमन्त्री मोहम्मद समिर र शिक्षा तथा संस्कृतिमन्त्री मनोजकुमार सिंह रहेका छन्।
मधेश प्रदेशमा नेपाली कांग्रेसका कृष्णप्रसाद यादव मुख्यमन्त्री छन्। उनको नेतृत्वमा रहेको सरकारमा नेपाली कम्युनिस्ट पार्टी पनि गठबन्धनमा सहभागी छ।
एमालेले समर्थन फिर्ता लिएसँगै मधेश प्रदेशको राजनीतिक समीकरणमा फेरबदल हुने देखिएको छ। एमालेले नयाँ सरकार गठनको कसरत अघि बढाउन सरकारबाट बाहिरिने निर्णय गरेको हो।
No ads found for this position



डिसी नेपाल
Facebook Comment