कांग्रेस सभापति गगनकुमार थापाको शपथ शनिबार, अन्य पदाधिकारीको दसैंपछि

डिसी नेपाल
३० असोज २०८३ १५:५१
12
Shares

काठमाडौं । नेपाली कांग्रेसको १५ औं महाधिवेशनबाट निर्वाचित नवनिर्वाचित सभापति गगनकुमार थापाको शपथग्रहण शनिबार हुने भएको छ। निर्वाचन समितिले यसअघि सबै पदको शपथ दसैंपछि हुने बताएको भए पनि सभापतिको शपथ भने फूलपातीको दिन दिउँसो पार्टी केन्द्रीय कार्यालय सानेपामा हुने तय भएको छ।

गत असोज २३ गते भएको निर्वाचन अन्तर्गत सभापति पदको मतगणना सकिएपछि अन्य पदाधिकारी तथा सदस्यहरूको मतगणना र प्रमाणपत्र वितरण भने दसैंपछि मात्र हुनेछ। कतिपय नेताहरू दसैं मनाउन जिल्लातर्फ गइसकेकाले सभापति बाहेकका अन्य पदको शपथ तथा पहिलो कार्यसमिति बैठक दसैंपछि बस्ने निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालले जानकारी दिएका छन्।

यस पटकको महाधिवेशनमा सात हजार ३९२ मतदाताले भाग लिएका थिए भने कूल २२९ पदका लागि ७७ प्रकारका मतपत्रमा मतदान भएको थियो। झण्डै एक लाख ६२ हजार मतपत्रको मतगणना दिनरात २५ समूह बनाएर गरिएको थियो। अघिल्लो १४ औं महाधिवेशनको तुलनामा यसपटकको मतगणना कार्य दोब्बरभन्दा बढी छिटो, विवादरहित र सौहार्दपूर्ण तरिकाले सम्पन्न भएको निर्वाचन समितिले जनाएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *