‘पिकअप भ्यान’को ठक्करबाट बालकको मृत्यु
बागलुङ। ढोरपाटन नगरपालिका–८ सुनारथोकमा पिकअप भ्यानको ठक्करबाट चार वर्षीय बालकको मृत्यु भएको छ। बाटो काटिरहेका बालकलाई द्रुत गतिमा रहेको भ्यानले ठक्कर दिएको थियो।
जिल्ला प्रहरी कार्यालयका प्रमुख फडिन्द्रप्रसाद प्रसाईंका अनुसार गम्भीर घाइते बालकलाई बुर्तिबाङ प्रादेशिक अस्पताल पुर्याइएकामा चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए। यो घटना आज अपराह्नको हो। पिकअप र त्यसका चालक हिमाल विकलाई नियन्त्रणमा लिइएको छ।
No ads found for this position
प्रतिक्रिया



डिसी नेपाल
Facebook Comment